आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार ई.सं.२०२२ फेबु्रवरी १७ नेपाल सम्बत ११४१ सिल्लागा पारु फाल्गुन कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण प्रतिपदा तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३९ मिनेट देखि ८ बजेर ४ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण प्रतिपदा, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
