आजको राशिफल बि.सं. २०७८ साल माघ २८ गते शुक्रवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ २८ गते शुक्रवार ई.सं.२०२२ फेबु्रवरी ११ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल दशमी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, वैधृति योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४४ बजे, सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ७ मिनेट देखि ९ बजेर ३१ मिनेट सम्म छ । आज माघ शुक्ल दशमी, विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
