आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १ गते सोमवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १ गते सोमवार ई.सं.२०२१ अक्टोबर १८ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल त्रयोदशी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, ध्रुव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः०५ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर एनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५ मिनेट देखि ७ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल त्रयोदशी, तुला संक्रान्ति रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
