ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० माघ २२ गते सोमबार ई.सं.२०२४ फ्रेवरी ०५ नेपाल सम्बत ११४४ पोहेलागा दशमी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण दशमी, चन्द्रमा वृश्चिक राशिमा अनुराधा नक्षत्र, ध्रुव योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ०५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४८ मिनेट देखि ०८ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
