आजको राशिफल बि.सं. २०७८ साल फागन १८ गते बुधवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन १८ गते बुधवार ई.सं.२०२२ मार्च २ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण औँशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शिव योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ६ः२७ बजे, सूर्यास्त साँझ ६ः४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २७ मिनेट देखि ७ बजेर ५४ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण औँशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
