आजको राशिफल बि.सं. २०७८ साल माघ ३ गते सोमवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ ३ गते सोमवार ई.सं.२०२२ जनवरी १७ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, पुष शुक्ल पूर्णिमा तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वैधृति योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३४ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज पुष शुक्ल श्री स्वस्थानी व्रत कथा प्रारम्भ, माघ स्नान आरम्भ, पूर्णिमा व्रत, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
