आजको राशिफल बि.सं. २०७८ साल माघ १८ गते मंगलवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ १८ गते मंगलवार ई.सं.२०२२ फेबु्रवरी १ नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण औँशी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, व्यतिपात योग, नाग करण । नेपालमा सूर्योदय बिहान ६ः५० बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५५ मिनेट देखि १२ बजेर १७ मिनेट सम्म छ । आज माघ कृष्ण औँशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।