आजको राशिफल बि.सं २०८१ चैत्र १३ गते बुधबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ चैत्र १३ गते बुधबार | Daily Rashifal 2025 March 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १३ गते बुधबार ई.सं २०२५ मार्च २६ नेपाल सम्बत ११४५ चिल्लागा द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण द्वादशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर १ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १ मिनेट देखि ७ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व रङ्गमञ्च दिवस रहेको छ ।