ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० चैत ०६ गते मंगलबार ई.सं.२०२४ मार्च १९ नेपाल सम्बत ११४४ चिल्लाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल दशमी,चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शोभन योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०८ बजे, सूर्यास्त साँझ ०६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४० मिनेट देखि १२ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सामाजिक कार्य दिवस रहेको छ ।