आजको राशिफल बि.सं. २०७८ साल भाद्र २६ गते शनिवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर ११ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल पञ्चमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, एन्द्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः४७ बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २० मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल ऋषिपञ्चमी व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।