आजको राशिफल बि.सं. २०८२ माघ १ गते बिहिबार Daily Rashifal of January 15 || Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ माघ १ गते बिहिबार Daily Rashifal of January 15 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ माघ १ गते बिहिबार ई।सं। २०२५ जनावरी १५ नेपाल सम्बत ११४६ पोहेलागा द्धदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ कृष्ण द्धदशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वृद्धि योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ३० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा माघे संक्रान्ति पर्व घिउ चाकु तरुल आदी परिकार खाएर हर्ष र उल्लाषमय किसीमले मनाईने छ ।