» astrologer in Nepal best nepali astrologer in japan

आजको राशिफल बि.सं.२०८१ मंसिर १४ गते शुक्रबार | Daily Rashifal 2024 November 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ मंसिर १४ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर २९ नेपाल सम्बत ११४५ कछलागा त्रयोदशि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण त्रयोदशि , चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सौभान योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३५ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५४ मिनेट देखि ०७ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।