cheena Archives - Page 60 of 74 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

वि.सं. २०७९ सालको मिन राशिफल | Yearly Min Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मिन राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मिन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु द्धितीय भावमा, केतु अष्टम भावमा, शनि लाभ भावमा र बृहस्पति शिरमा गोचर गर्नेछन । आर्थिक स्थितिमा केही उतारचढाव आउन सक्छ। तर पैसाको आवश्यकता पूरा भइरहनेछ। यो वर्ष आर्थिक बचतमा विशेष ध्यान दिनुहोला। करियरको हिसाबले मीन राशिका व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्नेछन । मध्यम समय रहेको छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान हुनेछन् । सन्तान सुख मिल्ने छ । परिवारमा मांगलिक कार्य हुनेछ । पशुव्यवसायमा नोक्सानी खप्नुपर्ने छ । सामाजिक काम र नोकरीमा थुप्रै अवरोधका बावजूद मानसम्मान मिल्नेछ । यस वर्ष वृहस्पति, शनि, राहु, र केतु अशुभ फलदायी हुनाले भयत्रासको अवस्था श्रृजना हुने, अनिष्टका संकेत देखा पर्ने, अनावश्यक धन खर्च हुने, आफन्तबाट विश्वासघात हुने, मनमा क्लेश उत्पन्न हुने, आलस्य बढ्नेजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फलवाट बच्न उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । पठनपाठनमा सफल हुनाले रोकिएको र अधुरो रहेको पठनपाठन कार्य पुनः सुचारु हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुष, र माघ महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार सोमबार र बिहिबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिन राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको कुम्भ राशिफल | Yearly Kumbha Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक कुम्भ राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

शुभ समय रहेको छ । कुम्भ राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु तृतीय भावमा, केतु नवम भावमा, शनि व्यय भावमा र बृहस्पति धन भावमा गोचर गर्नेछन । धनको स्थिति समग्रमा राम्रो रहनेछ। धेरै पैसा आउनेछ। खर्च पनि बढ्नेछ । यो वर्ष पैसाको लागि योजना बनाएर मात्र काम गर्नुहोस्। धन लाभको लागि शनि मन्त्रको जप गर्नु शुभ हुनेछ । तपाईले केहि शारीरिक समस्याहरू पनि सामना गर्न सक्नुहुन्छ।
। वृहस्पति र राहु यस वर्ष शुभ फलदायी रहनाले आर्थिक उन्नती हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याहरुबाट छुट्करा मिल्नेछ । नयाँ नयाँ कामका अवसरहरु मिल्नेछन् । साढेसाती सनि र केतु अशुभ रहनाले हरेक काममा ढिलासुस्ती हुनेछ । पापकर्ममा मन जाने, अनावश्यक धन खर्च हुने, मानसिक तनाव बढ्ने पारिवारिक स्वास्थ्यका क्षेत्रमा खर्च बढ्ने, झुट्टा आरोप लाग्नेजस्ता अशुभ फल लाग्ने भएकाले शनि र केतुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । यस वर्ष व्यापार र पशुव्यवसायबाट थुप्रै नाफा कमाउन सकिनेछ । वैदेशिक क्षेत्रको काममा अवरोध आउनेछ । अध्ययन— अध्यापन कार्य यस वर्ष सफल रहनेछ । सामाजिक कार्य र नोकरीमा वर्षको पूर्वाद्र्धमा थुप्रै अपसज खप्नु परे पनि वर्षको उत्तराद्र्धमा मान बढ्नेछ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर, र पुष महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ४, शुभ रंग खैरो र निलो, शुभ बार शुक्रबार र शनिबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । कुम्भ राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार | Daily Rashifal Nepali 2022 March 9

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार ई.सं.२०२२ मार्च ९ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल सप्तमी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः२० बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २० मिनेट देखि ७ बजेर ४८ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल सप्तमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

वि.सं. २०७९ सालको  मकर राशिफल | Yearly Makar Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मकर राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मकर राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु चतुर्थ भावमा, दशम भावमा, शनि प्रथम भावमा र बृहस्पति तृतीय भावमा गोचर गर्नेछन । नोकरी र व्यवसायमा प्रगति हुनेछ । घरजग्गा खरिदबिक्रीको सम्भावना छ । पुरानो ऋण चुक्ता गर्ने र बचतको योग हुनेछ। विवाहित व्यक्तिहरूको जीवनमा केही सानातिना समस्याहरू देखा पर्न सक्छन, वर्षको मध्य पछिको समय तपाईंको वैवाहिक जीवनको लागि उत्तम तर्फ संकेत गरिरहेको छ। वृहस्पति, शनि, राहु, केतु ग्रहहरु यस वर्ष अशुभ स्थानमा रहनाले, स्वास्थ्य सम्बन्धि समस्या पर्ने, डर त्रासको अवस्था आउने, सम्पतिको दुरुपयोग र नाशले मन अशान्त रहने, शत्रुहरु बढ्नेजस्ता फलहरु प्राप्त हुने भएकाले शूभफल प्राप्तिका लागि उक्त ग्रहहरुको पूजा, पाठ आदि शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । कामका अवसरहरु यस वर्ष प्राप्त हुनेछन् । अध्ययन क्षेत्र सुधारतर्फ जानेछ । वैदेशिक क्षृेत्रका कामहरु बन्नेछन् । पशु व्यवसाय र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । नोकरीमा थुप्रै अपसज खप्नु परेपनि मानसम्मान बढ्नेछ । परिवारमा बढोत्तरी हुनेछ । स्वदेशी र वैदेशिक दुवै व्यापारबाट राम्रै मुनाफा मिल्ने छ । आर्थिक दृष्टिले असार, कात्र्तिक, मंसिर र चैत्र महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग खैरो र निलो, शुभ बार बिहिबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मकर राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको  बृश्चिक राशिफल | Yearly Brischik Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक बृश्चिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

बृश्चिक राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु छैठांै भावमा, केतु व्यय भावमा, शनि तृतीय भावमा र बृहस्पति पञ्चम भावमा गोचर गर्नेछन नियमित धन आवागमन हुनेछ । रोकिएको वा डुबेको धन प्राप्त हुनेछ। यो वर्ष उपस्थितिमा पैसा बर्बाद नगर्नुहोस्। धनको राम्रो अवस्थाको लागि शनि मन्त्रको जप गर्नुहोस्। तपाईं मानसिक रूपमा धेरै हदसम्म तनावमा रहनुहुनेछ, जसले तपाईंको जीवनका विभिन्न क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्नेछ। स्वास्थ्यको ख्याल गर्नुका साथै खानपानमा विशेष ध्यान दिनु होला । समग्रमा राम्रो वर्ष रहनेछ । वृहस्पति, शनि र राहु यसवर्ष शुभ फलदायी रहनाले नसोचिएका राम्रा कामहरु पूरा हुनेछन् । सुख सन्तुष्टि बढ्नेछ । पेशा सफल रहनाले राम्रै लाभ मिल्नेछ । अध्ययनबाट सफलता मिल्नेछ । परिवारमा मांगलिक कार्यहरु हुनेछन् । शत्रुहरुले शिर निहुराउन थाल्नेछन् । तर केतु अशुभ रहनाले शत्रुभय र पिडाको सामना गरिरहनु पर्नेछ । नोकरी गर्ने व्यक्तिहरुका लागि मानसम्मान बढ्ने अवसर मिल्नेछ । उन्नति प्रगति दे्ख्न नसकेर आफन्तले नै कुरा काट्न र हरेक काममा तगारो हाल्न थाल्नेछन् । व्यापार बाट राम्रै लाभ भए पनि पशु व्यवसायमा लागेका व्यक्तिहरुले हानी नोक्सानी सहनुपर्ने छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना लाभदायक छन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जी को प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

 वि.सं. २०७९ सालको तुला राशिफल | Yearly Tula Rashifal B.S. 2079 Nepali |

 वि.सं. २०७९ सालको वार्षिक तुला राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

तुला राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु सप्तम भावमा, केतु शिरमा, शनि चतुर्थ भावमा र बृहस्पति छ्रैठौं भावमा गोचर गर्नेछन धनको सम्बन्धमा सुरुमा केही कठिनाइहरू आउनेछन्, तर आवश्यकताहरू पूरा भइरहनेछन्। घरजग्गा खरिदबिक्री गर्दा सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धका साथसाथै यो वर्ष विवाहितको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने छ । जो व्यक्ति अझै अविवाहित हुनुहुन्छ उहाँहरुका लागि विवाह गर्ने अवसर आउनेछ । गुरु, शनि, राहु र केतु ग्रहहरु अनिष्ट फलदायी हुनाले हानीनोक्सानी बढ्ने, शरिरमा रोगले घर बनाउने, आर्थिक समस्याले सताउने, शत्रु बढ्नाले भय, त्रास र पीडाको अवस्था आउनेअवस्था अशुभ फल प्राप्त हुने हुदा शुभफल प्राप्तिका लागि गुरु, शनि राहु र केतुको शान्तिकर्महरु गर्नुपर्नेछ । व्यापार व्यवसाय, पशुपालनबाट राम्रै नाफा कमाउन सकिनेछ । नोकरीमा तनाव र थुप्रै अपसज सहनु परे पनि सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । यस वर्ष सन्तान सुख मिल्नुका साथै पवित्र तिर्थस्थलहरुको भ्रमण हुनेछ । वर्षको अन्यतिर अप्रत्यासित ठूलै धनलाभ हुनेछ । शरीरमा आलस्य बढ्नाले अध्ययन कमजोर रहनेछ । दाम्पत्य जिवन थोरै समस्या बढ्नेछ । आफन्तमा गएको धन वर्षको मध्यभागबाट आंशिक रुपले फर्कन थाल्नेछ । आर्थिक दृष्टिले श्रावण, भाद्र, पुष, र चैत्र महिना सुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ६, शुभ रंग सेतो र निलो, शुभ बार बुधबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव देवीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । तुला राशि लाई यो वर्ष अढैया शनिको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

मेष राशिफल नेपाली २०७९ | Yearly Mesh Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मेष राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु शिरमा, केतु सप्तम भावमा, शनि कर्म स्थान र बृहस्पति व्यय भावमा गोचर गर्नेछन । धनको स्थिति राम्रो रहनेछ। सम्पत्ति लाभको योग पनि रहेको छ । ऋणबाट मुक्ति मिल्नेछ। आर्थिक लाभको लागि बृहस्पतिको मन्त्र जप गर्नु शुभ हुनेछ । तर, प्रेमी प्रेमिकाको जीवनमा केही चुनौतीहरू देखापर्छन । स्वास्थ्यमा केही सानातिना समस्या आउने सम्भावना पनि छ । तपाईंले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने छ र खानपानमा ध्यान दिनुपर्छ। आर्थिक दृष्टिले उन्नतिको वर्ष देखिन्छ । तर शनि, वृहस्पति, राहु र केतु प्रतिकुल रहेकाले हानी, दुःख कष्ट बढ्ने, शारिरिक पीडा, शत्रुहरु बढ्ने, अनावश्यक झमेलामा फस्नुपर्ने भएकाले उक्त ग्रहहरुको जप, पाठ आदि शान्तिका कर्म गर्नुपर्ने देखिन्छ । माघपछि भने सबै समस्या हल हुने, आकस्मिक लाभ, अधुरा रहेका काम पूरा हुनेजस्ता शुभफल मिल्ने छ । शिक्षा क्षेत्र कमजोर रहनेछ । सन्तान सुख मिल्नेछ । नोकरीमा लागेका व्यक्तिहरुको मान प्रतिष्ठा बढ्नेछ । पशु व्यवसाय र वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । वर्षको अन्यतिर परिवारमा मांगलिक कार्य हुनेछ । साथै पछि लाभ हुने नयाँ व्यवसायको आरम्भ हुनेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना लाभदायक रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो शुभ बार मंगलबार र बिहिबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्नो ईष्टदेव भगवान श्री गणेशको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल फागन २४ गते मंगलवार | Daily Rashifal Nepali 2022 March 8

आजको राशिफल बि.सं. २०७८ साल फागन २४ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २४ गते मंगलवार ई.सं.२०२२ मार्च ८ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल षष्ठी तिथी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः२१ बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४६ मिनेट देखि १२ बजेर १४ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल षष्ठी, नारी दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २३ गते सोमवार | Daily Rashifal Nepali 2022 March 7

आजको राशिफल बि.सं. २०७८ साल फागन २३ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २३ गते सोमवार ई.सं.२०२२ मार्च ७ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल पञ्चमी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, एन्द्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः२२ बजे, सूर्यास्त साँझ ६ः७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १८ मिनेट देखि १० बजेर ४६ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल पञ्चमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

वि.सं. २०७९ सालको वार्षिक मिथुन राशिफल | Yearly Mithun Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मिथुन राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु लाभ स्थानमा, केतु पञ्चम भावमा, शनि अष्टम भावमा र बृहस्पती कर्म भावमा हुनेछन । धनको स्थिति मध्यम रहनेछ। जीवनका सामान्य आवश्यकताहरू पूरा हुन जारी रहनेछन्। लगानी र सम्पत्तिको मामिलामा सावधान रहनुहोस्। धनको लाभको लागि नियमित रूपमा दान वा सेवा गर्नु शुभ हुनेछ । प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा लागेकाहरुले सफलता पाउन अझै केही समय कुर्नुपर्नेछ । जागिर खोज्नेहरूले वर्षको बीचमा राम्रो परिणाम प्राप्त गर्नेछन्। । राहु शुभ फलदायी रहेकाले सुख शान्ति मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । नोकरीका साथै नयाँ व्यवसायका अवसरहरु मिल्नेछन् । तर वृहस्पति, शनि, र केतु प्रतिकुल रहनाले सन्तानमा पिडा, अनावश्यक धन खर्च, शत्रुवृद्धि, दुःख, धर्ममा मन नजाने जस्ता अशुभ फल प्राप्त हुने भएकाले अशुभ फलबाट बच्नका लागि वृहस्पति, शनि र केतुको शान्ति गर्नुपर्नेछ । वर्षारम्भमा स्वास्थ्य सम्बन्धि समस्याले सताए पनि मार्गपछि स्वास्थ्यमा सुधार आउनेछ । इष्र्या, डाहा, गर्ने व्यक्तिहरु बढेता पनि मान सम्मान मिल्नेछ । वैदेशिक क्षेत्रका काम अधुरा रहनेछन् । पशु व्यवसाय र व्यापारबाट राम्रो लाभ हुनेछ । पठनपाठनमा जाँगर घट्नेछ । पछि लाभ हुने काममा ठूलै धन राशि खर्च हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, मंसिर र चैत महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग हरियोे र सुन्तला, शुभ बार बुधाबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान बिष्णु को स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिथुन राशि लाई यो वर्ष अढैया शनिको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।