ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
मिन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु द्धितीय भावमा, केतु अष्टम भावमा, शनि लाभ भावमा र बृहस्पति शिरमा गोचर गर्नेछन । आर्थिक स्थितिमा केही उतारचढाव आउन सक्छ। तर पैसाको आवश्यकता पूरा भइरहनेछ। यो वर्ष आर्थिक बचतमा विशेष ध्यान दिनुहोला। करियरको हिसाबले मीन राशिका व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्नेछन । मध्यम समय रहेको छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान हुनेछन् । सन्तान सुख मिल्ने छ । परिवारमा मांगलिक कार्य हुनेछ । पशुव्यवसायमा नोक्सानी खप्नुपर्ने छ । सामाजिक काम र नोकरीमा थुप्रै अवरोधका बावजूद मानसम्मान मिल्नेछ । यस वर्ष वृहस्पति, शनि, राहु, र केतु अशुभ फलदायी हुनाले भयत्रासको अवस्था श्रृजना हुने, अनिष्टका संकेत देखा पर्ने, अनावश्यक धन खर्च हुने, आफन्तबाट विश्वासघात हुने, मनमा क्लेश उत्पन्न हुने, आलस्य बढ्नेजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फलवाट बच्न उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । पठनपाठनमा सफल हुनाले रोकिएको र अधुरो रहेको पठनपाठन कार्य पुनः सुचारु हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुष, र माघ महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार सोमबार र बिहिबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिन राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।