ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २५ गते बिहिबार ई. सं. २०२० डिसेम्वर १० नेपाल सम्बत ११४१ कछलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण दशमी, चन्द्रमा कन्या राशिमा १०ः१० सम्म त्यसपछि तुला राशिमा, हस्ता नक्षत्र ११ः११ सम्म त्यसपछि चित्रा नक्षत्र , सौभाग्य योग ७ः४१ सम्म त्यसपछि शोभान योग, विष्टि÷भद्रा करण ३ः४१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः४४ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ४३ मिनेट देखि ८ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।