daily Rashifal 2020 August 5 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन २१ गते बुधबार Aajako Rashifal 2020 August 5

आजको राशिफल बि.सं. २०७७ साल साउन २१ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन २१ गते बुधबार ई. सं. २०२० अगस्त ५, नेपाल सम्बत ११४० गुंलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्धितीया, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शोभान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ६ ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३० मिनेट देखि ८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।