ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष ४ गते शुनिबार ई. सं. २०२० डिसेम्वर १९ नेपाल सम्बत ११४१ थिंलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल पञ्चमी, चन्द्रमा मकर राशिमा ७ः३२ सम्म त्यसपछि कुम्भ राशिमा, धनिष्ठा नक्षत्र ७ः.५६ सम्म त्यसपछि शतभिशा नक्षत्र , हर्षण योग १ः०० सम्म त्यसपछि वज्र योग, बालव करण २ः१४ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विवाह पञ्चमी परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ७ मिनेट देखि ९ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।