daily rashifal 2020 december 17 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष २ गते बिहिबार Aajako Rashifal 2020 December 17

आजको राशिफल बि.सं. २०७७ साल पुष २ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष २ गते बिहिबार ई. सं. २०२० डिसेम्वर १७ नेपाल सम्बत ११४१ थिंलाथ्व तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल तृतीया, चन्द्रमा मकर राशिमा, उत्तरषढा नक्षत्र७ः३० सम्म त्यसपछि श्रवण नक्षत्र , ध्रुव योग ४ः१७ सम्म त्यसपछि व्यागात योग, गर करण ३ः३७ सम्म त्यसपछि विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४८ मिनेट देखि ८ बजेर ६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।