daily rashifal 2020 december 26 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष ११ गते शनिबार Aajako Rashifal 2020 December 26

आजको राशिफल बि.सं. २०७७ साल पुष ११ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ११ गते ंशनिबार ई. सं. २०२० डिसेम्वर २६ नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल द्धादशी, चन्द्रमा मेष राशिमा ५ः३१ सम्म त्यसपछि वृष राशिमा, भरणी नक्षत्र १०ः.४९ सम्म त्यसपछि कृतिका नक्षत्र, सिद्ध योग ३ः३५ सम्म त्यसपछि साध्य योग, बव करण ३ः२६ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि ९ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।