ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष १५ गते बुधबार ई. सं. २०२० डिसेम्वर ३० नेपाल सम्बत ११४१ थिंलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल पूर्णिमा, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र ७ः.९ सम्म त्यसपछि पुनर्वसु नक्षत्र, ब्रह योग ३ः५५ सम्म त्यसपछि एन्द्र योग, बव करण ९ः१५ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज उधौली पर्व÷तमु ल्होसार÷योमरी पुन्हि परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ९ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।