daily rashifal 2020 december 31 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष १६ गते बिहिबार Aajako Rashifal 2020 December 31

आजको राशिफल बि.सं. २०७७ साल पुष १६ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष १६ गते बिहिबार ई. सं. २०२० डिसेम्वर ३१ नेपाल सम्बत ११४१ थिंलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा १ः५० सम्म त्यसपछि कर्कट राशिमा, पुनर्वसु नक्षत्र ८ः.२ सम्म त्यसपछि पुष्य नक्षत्र, एन्द्र योग ३ः२ सम्म त्यसपछि वैधिति योग, कौलव करण ९ः४७ सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १२ बजेर ७ मिनेट देखि २ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।