daily rashifal 2020 october 10 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल असोज २४ गते शनिबार Aajako Rashifal 2020 October 10

आजको राशिफल बि.सं. २०७७ साल असोज २४ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज २४ गते शनिबार ई. सं. २०२० अक्टुवर १०, नेपाल सम्बत ११४० अनालागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण अष्टमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शिव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः०२ बजे, सूर्यास्त साँझ ५ ः ४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व मानसिक स्वास्थ्य दिवश परेको छ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २९ मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।