daily rashifal 2020 october 29 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक १३ गते बिहिबार Aajako Rashifal 2020 October 29

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक १३ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक १३ गते बिहिबार ई. सं. २०२० अक्टुवर २९ नेपाल सम्बत ११४० कौलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल त्रयोदशी , चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, हर्षण योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १३ मिनेट देखि ७ बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।