daily rashifal 2020 october 6 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल असोज २० गते मंगलबार Aajako Rashifal 2020 October 6

आजको राशिफल बि.सं. २०७७ साल असोज २० गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज २० गते मंगलबार ई. सं. २०२० अक्टुवर ६, नेपाल सम्बत ११४० अनालागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण चत्र्थी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, सिद्ध्रि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः०० बजे, सूर्यास्त साँझ ५ ः ४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । । आज मंगल चौथी व्रत परेको छ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।