ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष २६ गते आईतबार ई. सं. २०२१ जनवरी १० नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र ११ः.९ सम्म त्यसपछि ज्येष्ठा नक्षत्र, गण्ड योग १२ः ६ सम्म त्यसपछि वृद्धि योग, तैतल करण ५ः१५ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३४ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।