» Daily Rashifal 2022 April 12

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २९ गते मङगलबार Daily Rashifal 2022 April 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र २९ गते मङगलबार ई.सं.२०२२ अप्रिल १२ नेपाल सम्बत ११४२ चौलाथ्व एकादशी चैत्र शुक्ल एकादशी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । आज कामदा एकादशी व्रत र अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।