» Daily Rashifal 2022 April 13

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३० गते बुधवार Daily Rashifal 2022 April 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३० गते बुधवार ई.सं.२०२२ अप्रिल १३ नेपाल सम्बत ११४२ चौलाथ्व द्धादशी चैत्र शुक्ल द्धादशी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४१ मिनेट देखि ७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।