» Daily Rashifal 2022 April 15

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २ गते शुक्रवार Daily Rashifal 2022 April 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २ गते शुक्रवार ई.सं.२०२२ अप्रिल १५ नेपाल सम्बत ११४२ चौलाथ्व चतुर्दशी चैत्र शुक्ल चतुर्दशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल चतुर्दशी तिथी, चन्द्रमा कन्या राशिमा,उत्तर फाल्गुनी नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।