» Daily Rashifal 2022 April 17

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ४ गते आइतवार Daily Rashifal 2022 April 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ४ गते आइतवार ई.सं.२०२२ अप्रिल १७ नेपाल सम्बत ११४२ चौलागा पारु वैशाख कृष्ण प्रतिपदा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्रज योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः३७ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५० मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।