» Daily Rashifal 2022 April 20

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ७ गते बुधवार Daily Rashifal 2022 April 20

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ७ गते बुधवार ई.सं.२०२२ अप्रिल २० नेपाल सम्बत ११४२ चौलागा चतुर्थी वैशाख कृष्ण चतुर्थी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वरियान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३४ मिनेट देखि ७ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।