» Daily rashifal 2022 December 10

आजको राशिफल बि.सं. २०७९ मंसिर २४ गते शनिबार Daily rashifal 2022 December 10

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर २४ गते शनिबार ई.सं.२०२२ डिसेम्बर १० नेपाल सम्बत ११४३ थिंलागा द्वितीया,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण द्वितीया, चन्द्रमा मिथुन राशिमा आद्र्रा नक्षत्र, शुक्ल योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४३ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०१ मिनेट देखि ०९ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ