» Daily Rashifal 2022 July 01

आजको राशिफल बि.सं. २०७९ साल असार १७ गते शुक्रवार Daily Rashifal 2022 July 01

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार १७ गते शुक्रवार ई.सं.२०२२ जुलाइ ०१ नेपाल सम्बत ११४२ दिल्लाथ्य द्वितिया, असार शुक्ल द्वितिया तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल द्वितिया तिथी, चन्द्रमा कर्कट राशिमा,पुष्य नक्षत्र, व्याघात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।