» Daily Rashifal 2022 July 02

आजको राशिफल बि.सं. २०७९ साल असार १८ गते शनिवार Daily Rashifal 2022 July 02

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार १८ गते शनिवार ई.सं.२०२२ जुलाइ ०२ नेपाल सम्बत ११४२ दिल्लाथ्य तृतिया, असार शुक्ल तृतिया तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल तृतिया तिथी, चन्द्रमा कर्कट राशिमा,अश्लेषा नक्षत्र, हर्षण योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर ३९ मिनेट सम्म छ । आज विश्व खेलकुद पत्रकार दिवस/ अन्र्तराष्ट्रिय सहकारी दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।