» Daily Rashifal 2022 July 10

आजको राशिफल बि.सं. २०७९ साल असार २६ गते आइतवार Daily Rashifal 2022 July 10

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २६ गते आइतवार ई.सं.२०२२ जुलाइ १० नेपाल सम्बत ११४२ दिल्लाथ्व एकादशी, असार शुक्ल एकादशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल एकादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुभ योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१५ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ४२ मिनेट १० देखि २५ मिनेट सम्म छ । आज चतुर्मास व्रत आरम्भ/हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।