» Daily Rashifal 2022 July 11

आजको राशिफल बि.सं. २०७९ साल असार २७ गते सोमवार Daily Rashifal 2022 July 11

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २७ गते सोमवार ई.सं.२०२२ जुलाइ ११ नेपाल सम्बत ११४२ दिल्लाथ्व द्वादशी, असार शुक्ल द्वादशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल द्वादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुल्क योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१५ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १५ मिनेट ०६ देखि ५९ मिनेट सम्म छ । आज सोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।