» Daily Rashifal 2022 June 12

आजको राशिफल बि.सं. २०७९ साल जेठ २९ गते आइतवार Daily Rashifal 2022 June 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २९ गते आइतवार ई.सं.२०२२ जुन १२ नेपाल सम्बत ११४२ तछलाथ्य त्रयोदशी, जेष्ठ शुक्ल त्रयोदशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल त्रयोदशी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ३५ मिनेट देखि १० बजेर १९ मिनेट सम्म छ । आज प्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।