» Daily Rashifal 2022 June 14

आजको राशिफल बि.सं. २०७९ साल जेठ ३१ गते मङ्गलवार Daily Rashifal 2022 June 14

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ३१ गते मङ्गलवार ई.सं.२०२२ जुन १४ नेपाल सम्बत ११४२ तछलाथ्य पुन्हि, जेष्ठ शुक्ल पूर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पूर्णिमा तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, साध्य योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा सक्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १९ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । आज ज्यापुन्ही/पनौती स्नान/पूर्णिमा व्रत/कवीर जयन्ती/ विश्व रक्तदाता दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।