» Daily Rashifal 2022 June 17

आजको राशिफल बि.सं. २०७९ साल असार ०३ गते शुक्रवार Daily Rashifal 2022 June 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०३ गते शुक्रवार ई.सं.२०२२ जुन १७ नेपाल सम्बत ११४२ तछलागा तृतीया, असार कृष्ण तृतीया तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण तृतीया तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, एन्द्र योग, विष्टि / भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५२ मिनेट देखि ०८ बजेर ३६ मिनेट सम्म छ । आज मरुभुमिकरण र खडेरी विरुद्ध संघर्ष दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।