» Daily Rashifal 2022 June 22

आजको राशिफल बि.सं. २०७९ साल असार ०८ गते बुधवार Daily Rashifal 2022 June 22

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०८ गते बुधवार ई.सं.२०२२ जुन २२ नेपाल सम्बत ११४२ तछलागा नवमी, असार कृष्ण नवमी तिथीं, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण नवमी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सौभाग्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः०८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर ०८ मिनेट देखि ०६ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।