» Daily Rashifal 2022 June 25

आजको राशिफल बि.सं. २०७९ साल असार ११ गते शनिवार Daily Rashifal 2022 June 25

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ११ गते शनिवार ई.सं.२०२२ जुन २५ नेपाल सम्बत ११४२ तछलागा द्वादशी, असार कृष्ण द्वादशी तिथीं, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण द्वादशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सुकर्मा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः०९ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५३ मिनेट देखि ०८ बजेर ३८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।