» Daily Rashifal 2022 June 28

आजको राशिफल बि.सं. २०७९ साल असार १४ गते मङ्गलवार Daily Rashifal 2022 June 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार १४ गते मङ्गलवार ई.सं.२०२२ जुन २८ नेपाल सम्बत ११४२ तछलागा चतुर्दशी(०६ः१२सम्म), असार कृष्ण औँसी तिथी(६ः१३ पछि)ं, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण औँसी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ५ः१० बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किु पर्दा सक्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २२ मिनेट देखि १२ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।