» Daily Rashifal 2022 May 07

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २४ गते शनिवार Daily Rashifal 2022 May 07

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २४ गते शनिवार ई.सं.२०२२ मे ०७ नेपाल सम्बत ११४२ बछलाथ्व षष्ठी वैशाख कृष्ण षष्ठी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस नक्षत्र, शूल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२० बजे, सूर्यास्त साँझ ६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०० मिनेट देखि ८ बजेर ४० मिनेट सम्म छ । आज किराँत समाज सुधार दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।