» Daily Rashifal 2022 May 08

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २५ गते आइतवार Daily Rashifal 2022 May 08

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २५ गते आइतवार ई.सं.२०२२ मे ०८ नेपाल सम्बत ११४२ बछलाथ्व सप्तमी वैशाख कृष्ण सप्तमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३९ मिनेट देखि १० बजेर २० मिनेट सम्म छ । आज गङ्गा सप्तमी व्रत /रवी सप्तमी व्रत / विश्व रेडक्रस दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।