» Daily Rashifal 2022 May 12

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २९ गते बिहिवार Daily Rashifal 2022 May 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २९ गते बिहिवार ई.सं.२०२२ मे १२ नेपाल सम्बत ११४२ बछलाथ्व एकादशी वैशाख शुक्ल एकादशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल एकादशी तिथी, चन्द्रमा कन्या राशिमा,उत्तर फाल्गुनी नक्षत्र, हर्षण योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१६बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १६ मिनेट देखि ६ बजेर ५७ मिनेट सम्म छ । आज मोहिनी एकादशी व्रत / विश्व नर्स दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।