» Daily Rashifal 2022 May 13

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३० गते शुक्रवार Daily Rashifal 2022 May 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३० गते शुक्रवार ई.सं.२०२२ मे १३ नेपाल सम्बत ११४२ बछलाथ्व द्वादशी वैशाख शुक्ल द्वादशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः१६बजे, सूर्यास्त साँझ ६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५७ मिनेट देखि ८ बजेर ३८ मिनेट सम्म छ । आज प्रदोष व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।