» Daily Rashifal 2022 May 15

आजको राशिफल बि.सं. २०७९ साल जेठ १ गते आइतवार Daily Rashifal 2022 May 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ १ गते आइतवार ई.सं.२०२२ मे १५ नेपाल सम्बत ११४२ बछलाथ्व चतुर्दशी वैशाख शुक्ल पूर्णिमा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल पूर्णिमा तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१५बजे, सूर्यास्त साँझ ६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३७ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । आज वृष संक्रान्ति / कुर्म जयन्ती / पूर्णिमा व्रत / अन्तर्राष्ट्रिय परिवार दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।