» Daily Rashifal 2022 May 29

आजको राशिफल बि.सं. २०७९ साल जेठ १५ गते आइतवार Daily Rashifal 2022 May 29

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ १५ गते आइतवार ई.सं.२०२२ मे २९ नेपाल सम्बत ११४२ बछलागा चतुर्दशी जेष्ठ कृष्ण चतुर्दशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, अतिगंड योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः०९ बजे, सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३५ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । आज गणतन्त्र दिवस / बटसावित्री व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।