» Daily rashifal 2023 February 10

आजको राशिफल बि.सं. २०७९ माघ २७ गते शुक्रवार Daily rashifal 2023 February 10

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ माघ २७ गते शुक्रवार ई.सं.२०२३ फेब्रुअरी १० नेपाल सम्बत ११४३ सिल्लागा चतुथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कुष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०८ मिनेट देखि ०९ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।