» Daily rashifal 2023 February 12

आजको राशिफल बि.सं. २०७९ माघ २९ गते आइतवार Daily rashifal 2023 February 12

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ माघ २९ गते आइतवार ई.सं.२०२३ फेब्रुअरी १२ नेपाल सम्बत ११४३ सिल्लागा षष्ठी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कुष्ण सप्तमी, चन्द्रमा तुला राशिमा स्वाति नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः४४ बजे, सूर्यास्त साँझ ५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ३० मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज मकर स्नान समाप्ति भएको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।