» Daily rashifal 2023 January 14

आजको राशिफल बि.सं. २०७९ पुष ३० गते शनिबार Daily rashifal 2023 January 14

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ पुष ३० गते शनिबार ई.सं.२०२३ जनवरी १४ नेपाल सम्बत ११४३ पोहेलागा सप्तमी, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण सप्तमी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, अतिगंड योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर १५ मिनेट देखि ०९ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।